site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र विवरण उपलब्ध गराउन निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मीबहादुर कोइरी, सूर्यमान तामाङ रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले बताए ।

उनले भने, "पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गर्ने भन्ने निर्णय फागुन २० गतेको बैठकले गरेको थियो । सोहीअनुसार आज नाम प्राप्त भएको छ ।" 

संसदीय समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

समिति सभापति खानले भने, "सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा छलफल हुँदा देहाय बमोजिमको थप विवरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विवरण विभागबाट लिनुपर्ने भएकाले गर्दा नेपालमा सञ्चालित विभिन्न किसिमका सुर्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रूपमा हुने आयातको विवरण समेत समितिलाई उपलब्ध गराउन निर्देशन दिने ।"

समितिको निर्णय सुनाउँदै समिति सभापति खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विवरण विभागलाई सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro