site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विधिसम्मत कुरा रोकिनँ, ११ महिने कार्यकालप्रति गर्व छ : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जथाभावी र कानुनविपरीत खर्च गर्ने विषयमा आफूले रोकेको बताएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफू अर्थमन्त्री हुँदा सम्भव भएको विषयमा मात्र खर्च गर्न सहमत भएको उनले बताए ।

तर, प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत तहमा असहयोग गरेको भनेर आफूविरुद्ध भ्रम फैलाएको उनले आरोप लगाए । “मलाई व्यक्तिगत रूपमा अर्थमन्त्रीले सहयोग गरेन भन्ने भ्रम फैलाउने कोसिस छ । स्वाभाविक हो, मैले लोकतान्त्रिक पार्टी, जनताप्रति जोडिएको सुशासन सुनिश्चित गर्नुपर्छ भन्ने पार्टीको प्रतिनिधिको नाताले के गर्न सम्भव छ, के छैन, के प्रथामिकतामा राख्नुपर्छ, के राख्न मिल्दैन, सुस्पष्ट कुरा राख्थेँ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले पनि विषय ठिक भएको भन्दै स्वीकार गर्ने गरेको जानकारी उनले दिए । जे जति उपलब्धि भए ती कांग्रेसका कारण सम्भव भएको भन्दै उनले ‘प्रधानमन्त्रीलाई कसले काम गर्न दिएन ?’ भनी प्रश्न गरे ।

“प्रधानमन्त्रीको पनि सबैभन्दा ठूलो भूमिका हुन्छ नि । अनि, नेपाली कांग्रेसको मन्त्रीलाई मात्र मैले भनेजस्तो उपलब्धि भएन भनेर दोष दिन मिल्छ ? कदापि मिल्दैन,” उनले थपे, “जहाँ आवश्यक छ, खर्च गर्न हिचकिचाएको छैन । नियमकानुन र विधिसम्मत कुराहरू रोकेको छैन । ११ महिना कार्यकालमा धेरै विषयवस्तु आए, यसकारण गर्न हुन्न, गर्नुपर्छ भन्ने स्पष्ट ढंगबाट राख्थेँ । देश र जताप्रति जिम्मेवारी थियो । यी सम्पूर्ण जिम्मेवारी पूरा गरेर काम गरेकोप्रति मलाई गर्व छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro