site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनलगायत भन्सार निरीक्षण र नियन्त्रण नागरिक उड्डयन कार्यालयले गर्दैन : विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुनलगायत भन्सार निरीक्षण र नियन्त्रण गर्ने नागरिक उड्डयन कार्यालयको कार्यक्षेत्र नभएको स्पष्ट पारेको छ । विमानस्थल कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै यसबारे स्पष्टीकरण दिएको हो ।

सरकारले भिजिट भिसासम्बन्धी नयाँ व्यवस्था लागु गरेपछि अध्यागमन विभागले थप नयाँ जनशक्तिको व्यवस्था गरेर विमानस्थलमा यात्रु आवागमन व्यवस्थित हुँदै गएको सो कार्यालयले जनाएको छ ।

“पिक आवरमा यात्रु चापका कारण यात्रु चेकजाँचमा केही ढिला हुने गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “विशेष अवस्थामा बाहेक विमानहरूको एयर होल्डिङ घटेको छ ।”

प्राधिकरणको विमानस्थल कार्यालयले विमानस्थलको पूर्वाधार सुधारसम्बन्धी कार्य मात्र हेर्दै आएको जनाइएको छ ।

“बढ्दो यात्रु चापलाई मध्यनजर गरेर कार्यालयले भन्सार क्षेत्र विस्तारको कार्य हालै सम्पन्न गरेको छ । जसले गर्दा सेवा प्रवाहमा समेत सुधार देखिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

ब्यागेज ह्यान्डलिङ गर्ने नेपाल एयरलाइन्सलाई पनि सेवा प्रवाहमा सुधारका निम्ति ध्यानाकर्षण गराउँदै आएको कार्यालयले जनाएको छ । “पछिल्लो दिनमा ब्यागेज ह्यान्डलिङसम्बन्धी गुनासाहरूमा कमी आएको छ,” विज्ञप्तिमा भनिएको छ ।

विमानस्थमा विगतदेखि थन्किएर रहेका उपकरणलाई समेत क्रमिक प्रयोगमा ल्याइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, चेक इन र प्रस्थान कक्ष विस्तारको कार्य जारी छ । केही महिनामा थप सुधारको महसुस गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro