site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाओस् : सांसद शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद युवराज शर्माले आउँदो आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती दिएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा उनले प्रतिपक्षमा रहँदा नेकपा (एमाले)का सांसदहरूले सो विधेयक पुनर्लेखन गर्नुपर्ने भनेकाले सोहीअनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।

Argakhachi Cement Island Ad

“तत्कालीन माननीय अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८१ सदनमा प्रस्तुत गरेपछि यो ठिक भएन, पुनर्लेखन गर्नुपर्छ भनी एमाले पार्टीका सांसद मित्रहरूले उठाएका आवाज मेरो कानमा आज पनि ठोक्किइरहेको छ,” उनले भने, “आज म स्वयं यस रोस्ट्रममा उभिएर सक्नुहुन्छ भने पुनर्लेखन गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु ।”

सांसद शर्माले नयाँ सत्तासमीकरण भत्काउने खेल भइरहेको भन्ने सत्तासाझेदार दलहरूबाटै आएको उल्लेख गर्दै ती शक्ति किटान गर्न पनि आग्रह गरे । उनले नेकपा (माओवादी केन्द्र)ले सत्ता राजनीतिमा पनि बालहठ देखाइरहेको आरोप लगाए ।

संविधान मिच्ने र त्यसको विरोधमा सडक आन्दोलन गर्नेहरूबीचको नयाँ सत्तासमीकरणले आफूहरू अचम्ममा परेको उनले टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्