site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाढी र पहिरोमा परी इन्डोनेसियामा १९ जनाको मृत्यु, सात बेपत्ता
तस्बिर : एएफपी

जाकार्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ भने अन्य सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीका वरिष्ठ अधिकारीले शनिबार उल्लेख गरेका छन् ।

भारी वर्षाका कारण नदीहरूमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले सो प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले जानकारी दिएका छन् ।

Dabur Nepal
NIC Asia

धेरैजसो मृतकहरू पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए । त्यहाँबाट १७ वटा शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेको  इडवानले सिन्ह्वालाई फोनमा बताएका छन् । तीव्र जलप्रवाहले १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध  भएको र घरहरू पनि बगेको हुँदा प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको उनले बताएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भएपनि हजारौं घर डुबानमा रहेको जानकारी दिए ।

बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा प्रकोप एजेन्सीका कर्मचारीहरू, सैनिकहरू, प्रहरीहरू र स्वयंसेवकहरू संलग्न परिचालित गरिएको सुकमाले जानकारी दिए । एजेन्सी र अन्य सरकारी संस्थाहरूले आपतकालीन राहत प्रयास जारी राखेको पनि जनाइएको छ । रासस/सिन्ह्वा

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro