site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसबारे उनले नेकपा (माओवादी केन्द्र)का सांसदहरूलाई जानकारी गराएका छन् ।

शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री प्रचण्डले छिट्टै विश्वासको मत लिने जानकारी गराएका हुन् ।

Dabur Nepal
NIC Asia

प्रतिनिधिसभाको बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । सोही दिन नै विश्वासको मत लिने तयारी भएको उनले बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा (एमाले)लगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro