site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किरणको उपन्यास ‘परशुराम’ लोकार्पित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यकार किरण आचार्यको पौराणिक उपन्यास ‘परशुराम’ एक समारोहबीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा सम्पन्न कार्यक्रममा उपन्यासकार भरत जंगम, राधेश्याम लेकाली, मदनदास श्रेष्ठलगायतले कृति सार्वजनिक गरे । 

कार्यक्रमका प्रमुख अतिथि जंगमले सार्वजनिक उपन्यासले पौराणिक पात्र परशुरामका बारेमा महत्वपूर्ण जानकारी दिएको बताए । समालोचक प्रमोद प्रधानले पौराणिक पात्र र विषयमा लेखिएको भए पनि उपन्यासले आजको समयलाई समेत सम्बोधन गरेको चर्चा गरे ।

कृतिकार आचार्यले उपन्यास लेखनको पृष्ठभूमिबारे बताए । उक्त अवसरमा लेकालीले साहित्यिक पत्रकार संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले संघको स्वर्णमहोत्सव स्मारिका छिट्टै प्रकाशित हुने जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement