site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक सातामा तोलामा ६ हजारले बढ्यो सुनको मूल्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एक सातामा तोलामा ६ हजार रुपैयाँले बढेको छ । यही फागुन १८ गतेयता सुनको मूल्ल लगातार बढेर नयाँ रेकर्ड बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा बिहीबार (हिजो) छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फागुन १८ गते छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । फागुन २० गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार, फागुन २२ गते एक लाख २३ हजार र फागुन २३ गते प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

Global Ime bank

चाँदीको मूल्य पनि एक सातामा तोलामा ८० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यही फागुन १८ गते चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय