site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केकी भन्छिन्– मैले मेरो चलचित्रमा सिनेमाको मुख्य धर्म बिर्सिएको छैन 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नायिका केकी अधिकारीले चलचित्र ‘बोक्सीको घर’ले सिनेमाको धर्मलाइ नबिर्सिएको बताएकी छन् । आफ्नो चलचित्र ‘बोक्सीको घर’ले मनोरञ्जन दिने सिनेमाको धर्मलाई नबिर्सिएको बताएकी छन् । 

“बजारमा एकखालका सिनेमा चलिरहेका बेला त्योभन्दा फरक खालका सिनेमा पनि बनिरहेका हुन्छन् । यस्तो सिनेमामा रिस्क छ भनेर जान्दाजान्दै पनि रिस्क लिएर केही मेकरहरूले चलचित्र बनाइरहनु भएको हुन्छ,” केकी बाह्रखरीसँग भन्छिन्, “मैले पनि यस्तै एउटा सिनेमा बनाउने प्रयास गरेको हुँ । तर फिल्ममा धेरै इलिमेन्ट छन् । दर्शक सिनेमा हेर्न भनेर आइसकेपछि इन्टरटेनिङ पनि हुनुपर्छ भन्नेमा म र हाम्रो टिम सचेत छ ।” 

सिनेमामा मुख्य धर्महरूमध्ये एउटा मनोरञ्जन दिनु पनि रहेको र यसमा ‘बोक्सीको घर’ सचेत रहेको उनी बताउँछिन् । “इन्टरटेन गराउँदै अब्सट्रयाकमा रहेरै बलियो सन्देश दिने उद्देश्यले हाम्रो सिनेमा बनेको छ,” उनले भनिन्, “मनोरञ्जनसँगै सन्देश र चेतना दिनेछौँ ।” 

केकी मुख्य भूमिकामा रहेको चलचित्र ‘बोक्सीको घर’ वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ । केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित छ । सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका छन् ।

केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । 

महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको छ । चलचित्रले सामाजिक–थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कूप्रथालाई चित्रण गर्नेछ । 

नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने उनको योजना छ ।

केकी स्वयं निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro