अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुने ‘द न्यूयोर्क टाइम्स’ पत्रिकाले सन् २०२४ मा विश्वका घुम्नैपर्ने ५२ वटा पर्यटकीयस्थलमा नेपाललाई पनि राखेको छ । अझ प्रस्टसँग भन्नुपर्दा नेपालको पनि ‘माथिल्लो मुस्ताङ क्षेत्र’लाई सन् २०२४ (हालको चालु वर्ष) मा विश्वको घुम्नैपर्ने पर्यटकीयस्थलको सूचीमा राखेको हो ।
हुन पनि आर्थिक वर्ष २०७९/०८० मा ७१ हजार ७०७ विदेशी पर्यटकले समग्र मुस्ताङ जिल्ला भ्रमण गरेका छन् । स्मरणरहोस्, आर्थिक २०७८/०७९ मा ३८ हजार ८९६ विदेशी पर्यटकले मात्रै मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गरेको तथ्यांक छ ।
जे भए पनि समाचारअनुसार आर्थिक वर्ष आर्थिक २०७८/०७९ मा समग्र मुस्ताङ जिल्लामा भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा ४५ दशमलब ७५ प्रतिशतले विदेशी पर्यटकको आगमन दर बढेको तथ्यांक छ ।
त्यसो त, सन् २०२३ मा पनि अमेरिकाबाट प्रशारण हुने टेलिभिजन संस्था सीएनएनले विश्वभरिका विभिन्न स्थनमा घुम्नैपर्ने भनेर सूचीकृत गरेको विश्वका उत्कृष्ट २३ स्थानमा माथिल्लो मुस्ताङ क्षेत्र पर्न सफल भएको थियो । यसरी हेर्दा विश्वकै प्रसिद्घ र विश्वासिलो समाचार संस्था र प्रकाशन गृहहरूले लगातार रूपमा विश्वको घुम्नैपर्ने ठाऊँ र देशमा नेपालको माथिल्लो मुस्ताङ क्षेत्र पर्नु र सूचीकृत हुनु नेपालीका लागि साँच्चै गौरव गर्न लायक छ ।
यो लेखमा सन् २०१९ देखि सन् २०२३ सम्म पाँच वर्षको अवधिमा माथिल्लो मुस्ताङ भ्रमण गर्न आएका विदेशी पर्यटकको सूची उल्लेख गरिएको छ । सो अनुसार, सन् २०१९ मा ४,००० जना विदेशी पर्यटक माथिल्लो मुस्ताङमा पर्यटक भई घुम्न गएका थिए ।
सन् २०२० मा सन् २०१९ को तुलनामा अकल्पनीय ढंगले विदेशी पर्यटकहरूको आगमन घटेर (लगभग ९९ दशमलब ९९ प्रतिशत !) घटेर केवल ६२ जना मात्र विदेशी पर्यटक मात्रै माथिल्लो मुस्ताङ पुगेका थिए । सन् २०२१ मा सन् २०२० को तुलनामा लगभग १० गुणाले बढेर ६०२ जना विदेशी पर्यटकहरूले भ्रमण गरे । उता सन् २०२२ मा चाहिँ सन् २०२१ को तुलनामा लगभग पाँच गुणाले बढेर ३२१२ जना विदेशी पर्यटक भ्रमण गर्न गएको तथ्यांकमा देखिन्छ । सन् २०२३ मा पनि सन् २०२२ को तुलनामा लगभग २५० जनाभन्दा केही बढी संख्या अर्थात् ३४८७ जना विदेशी पर्यटकहरू माथिल्लो मुस्ताङ गएका थिए ।
अब लागौँ सन् २०२४ मा नेपालको माथिल्लो मुस्ताङबाहेक विश्वका कुन–कुन ठाउँहरू विश्वको घुम्नैपर्ने सूचीमा परेका थिए ? भन्नेतर्फ ।
विश्वको पहिलो गन्तव्यस्थलमा परेको स्थान चाहिँ उत्तर अमेरिका महादेशको अमेरिका, क्यानडा र मेक्सिोसँग जोडिएको ११५ माइल लामो रोड–करिडोर ‘द पाथ अफ टोटालीटी’ परेको छ । दोस्रो स्थानमा फ्रान्सको राजधानी पेरिस सहर परेको छ ।
तेस्रो स्थनमा जापानको यामागुची सहर परेको छ भने चौथो स्थानमा न्युजिल्यान्ड पर्न सफल भएको छ । उता पाँचौंमा अमेरिकाको हवाई टापुको मावुई परेको छ । छैठौ स्थानमा पनि अमेरिकाको एरिजोनाको बाज नाभ्जा, कुक्येनी परेको छ ।
सातौँ स्थानमा सिंगापुर परेको छ भने आठौँ स्थानमा दक्षिण अमेरिका महादेशको चिले–चिलीको ओहिगिन्स परेको छ । त्यस्तै गरेर नवौँ स्थानमा भने भारतको लद्दाख परेको छ । दशौँ स्थानमा स्वीट्जरल्यान्डको जेनेभा सहर परेको छ । यसरी हेर्दाखेरि सन् २०२४ मा विश्वका घुम्नैपर्ने ५२ वटा पर्यटकीयस्थलमा नेपालको माथिल्लो मुस्ताङ क्षेत्रलाई ३७ औं स्थानमा राखेको छ ।
त्यस्तै सन् २०२३ मा पनि अमेरिकाबाट प्रशारण हुने टेलिभिजन केवल न्युज नेटवर्क (सीएनएन)ले विश्वका घुम्नैपर्ने २३ वटा पर्यटकीयस्थलमा नेपालको माथिल्लो मुस्ताङ क्षेत्रलाई १४ औँ स्थानमा राखेको थियो भने क्रमशः पहिलो स्थानमा पोल्यान्डको राजधानी वार्सामा सञ्चानलमा रहेको ‘होटल भर्टे/फर्ते’ ।
दोस्रो स्थानमा अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने ‘निगालु पेनिन्सुला’ छ । त्यस्तै सन् २०२३ मा विश्वमा घुम्नैपर्ने तेस्रो स्थान बेलायतको लिभपुलको पोर्ट सिटी रहेको थियो । चौथो स्थानमा अमेरिकाको साउथ क्यारोलिना राज्यको चार्लसटोन सहर परेको थियो । पाँचौं स्थानमा लिथुनियाको भिलिनियस सिटी परेको थियो ।
सीएनएनको सन् २०२३ मा घुम्नैपर्ने सूचीको अन्तिम पाँच स्थानमा राखेको पर्यटकीय स्थलमा १९ औं पर्यटकीयस्थलमा जापानको ‘नओसिमा सहर’ परेको थियो भनेदेखि सन् २०२३ मा विश्वको घुम्नैपर्ने २० औँ गन्तव्यस्थलमा बेलिज परेको थियो ।
सन् २०२३ मा घुम्नैपर्ने २१ औं पर्यटकीयस्थलमा उत्तर अमेरिकी महादेशको मेक्सिोकोको ‘ओक्साका सहर’ परेको थियो भने सन् २०२३ मा विश्वमा घुम्नैपर्ने २२ औं पर्यटकीयस्थलमा क्यानाडाको ओटावा सहर परेको थियो ।
सीएनएनले सन् २०२३ मा घुम्नैपर्ने पनि छनोट गरेको अन्तिम अर्थात् २३ औँ पर्यटकीय स्थलमा अफ्रिकाको युगान्डा पर्न सफल भएको थियो ।
सन् २०२३ र सन् २०२४ मा लगातार विश्वको घुम्नैपर्ने पर्यटकीय गन्तव्यस्थलमा परेको नेपालको मुस्ताङ जिल्लाको माथिल्लो भेग किन घरिघरि विश्वको घुम्नैपर्ने गन्तव्यस्थलमा परिरहन्छ ? यो नै महत्वपूर्ण प्रश्न हो । यो प्रश्नको सटिक जवाफ दिनु पर्दा माथिल्लो मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतमा पाइने मानिसको जीवनशैली, रहन–सहन, कृषि कर्म गर्ने तरिका, पशुपालन गर्ने शैली, तिब्बती मानिस र माथिल्लो मुस्ताङका वासिन्दाहरूको भेषभूषा, भाषा, धर्म, चाडपर्व, भूगोल, संस्कार, संस्कृति, रहनसहन, रितिथिति मिल्नु हो । उनीहरूबीच दोहोरो विवाहवारी चल्नु आदि मिल्नु लगायत कारणहरू हुन् । अर्को कारण चीनले तिब्बत भ्रमण गर्न तिब्बत तर्पmबाट जान चाहने विदेशी पर्यटकलाई अनुमति दिने क्रममा विदेशी पर्यटकलाई बढी नै सलामी दस्तुर लिनु पनि हुन सक्छ । कोरोना महामारीकालमा त चीन सरकारले आप्mनो स्वशासित क्षेत्र तिब्बतको भ्रमण गर्न विदेशी पर्यटकलाई अनुमतिपत्र जारी नै गरेन ।