site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनमतको सर्त : मधेसको मुख्यमन्त्री 
फाइल तस्बिर ।

काठमाडौंं । जनमत पार्टीले सरकारमा जान सर्त राखेको छ । उसले मधेस प्रदेशको मुख्यमन्त्री पाए नयाँ गठबन्धनमा सहभागी हुने नीति अख्तियार गरेको छ । 

आज दिउँसो ३ बजे बस्ने गठबन्धनको बैठकमा अध्यक्ष सीके राउत सहभागी हुँदैछन् । उनले बैठकमा मधेस प्रदेशको विषय उठाउने एक नेताले जानकारी दिए ।

“प्रधानमन्त्रीसहित दलका नेताहरूको बैठकमा अध्यक्ष सहभागी हुनुहुन्छ । मधेस प्रदेशको कुरा मिल्यो भने सरकारमा सहभागी हुन हाम्रो आपत्ति हुँदैन,” ती नेताले भने, “मुख्यमन्त्री हामीलाई चाहिन्छ भन्ने हो । कुरा मिलेन भने हामी गठबन्धनमा रहँदैनौँ ।” 

अहिले मधेसमा जसपाका मुख्यमन्त्री छन् । जसपाले मधेसको मुख्यमन्त्रीमा आफ्नो पार्टीको निरन्तरता चाहेको छ । सोही विषयको सुनिश्चितता नहुँदासम्म जसपाले मन्त्री नपठाएको नेताहरू बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro