site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनको मूल्यमा नयाँ रेकर्ड
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्चमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको पुस १२ गते छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो नै यसअघिको उच्च मूल्य थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Global Ime bank

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय