site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आरक्ष क्षेत्रमा छाडिएका साँढे फिर्ता लैजान विराटनगर महानगरलाई ताकेता
विराटनगर महागनरपालिकाले भेडियारीको धरहवा क्षेत्रमा राखिएका साँढे ।
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसीटप्पु वन्यजन्तु आरक्षले आफ्ना साँढे फिर्ता लैजान विराटनगर महानगरपालिकालाई ताकेता गरेको छ । आरक्ष प्रशासनले परिपत्र गरी साँढे फिर्ता लैजान भनेको हो । 

विराटनगर महानगरले आफ्नो सहरी क्षेत्रबाट नियन्त्रणमा लिएका ११ वटा साँढे रातको समयमा सुटुक्क आरक्ष क्षेत्रमा छाडिदिएको थियो । ती साँढे तत्काल फिर्ता लैजान आरक्षले ताकेता गरेको हो । 

आरक्ष प्रशासनका अनुसार महानगरले ट्रकमा लोड गरेर साँढे टप्पुक्षेत्रमा छाडिदिएको थियो । अहिले ती साँढे बस्ती पसेर स्थानीयलाई आक्रमण गर्ने र बालीनाली खाइदिने गर्न थालेका छन् । यसबाट कोसी गाउँपालिकाका बासिन्दा पीडित छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीयको उजुरीको आधारमा महानगरलाई साँढे फिर्ता लैजान पत्राचार गरिएको कोसी टप्पु वन्यजन्तु आरक्षका निमित्त वरिष्ठ संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिए ।

उनले भने, “हामी बाहिरबाट प्रवेश गर्ने स्थानीयका अन्य जनावरबाटै आजित भइरहेको अवस्थामा विराटनगर महानगरले आफ्नो क्षेत्रका साँढे यहाँ ल्याएर छाडिदिएछ । स्थानीयलाई दुःख दिन थालेपछि हामीले फिर्ता लैजान पत्राचार गरेका हौँ । नमाने हामी पनि उठाएर त्यहीँ लगेर छाड्ने वा के गर्ने भन्ने छलफलमा छौँ ।” 

Global Ime bank

यादवका अनुसार आरक्ष क्षेत्रमा यसरी बाहिरबाट पशुधन छाड्न पाइँदैन । तर महानगरले कुनै छलफल तथा पूर्वजानकारीबिनै संरक्षित क्षेत्रमा साँढे छाडिदिएको यादवले सुनाए । 

महागनगरले केही दिनअघि दक्षिणी क्षेत्रमा साँढेले दुःख दिएको भन्दै केही साँढेलाई धरहवा पोखरी क्षेत्रमा घाँसपानी समेत नदिइ थुनेर राखेको थियो । पछि स्थानीयबासीले पराल र पानी दिएका थिए । तिनै साँढेलाई केही दिन त्यसरी नै नियन्त्रणमा लिई पछि ट्रकमा लोड गरेर आरक्षतिर लगेर छाडिएको थियो । 

आरक्षले महानगरलाई पठाएको पत्रमा कोसी गाउँपालिका वडा नं ३, ४, ६, ७ र ८ नम्बर वडाका बासिन्दाले साँढेबाट आफूहरूले दुःख पाएको भन्दै ध्यानाकर्षण गराएको जनाइएको छ । केहीअघि महानगरले साँढे नियन्त्रण गर्ने भन्दै नियन्त्रणमा लिइएको भिडियो विभिन्न सामाजिक सञ्जालमा राखिएको थियो । 

स्थानीयले भिडियोमा देखिएका ती साँढे विराटनगरबाट ल्याएर छाडेको भन्दै नियन्त्रणका लागि आग्रह गरेको आरक्षका निमित्त संरक्षण अधिकृत यादवले बताए । “स्थानीयले दुःख पाएका पालिकाहरूलाई समेत आफैँ नियन्त्रणमा लिइ जहाँबाट ल्याइएको थियो उतै फिर्ता पठाई दिन पनि अनुरोध गरेका छौँ,” यादवले भने, “संरक्षित क्षेत्रमा यसरी वस्तुभाउ छाड्न मिल्दैन ।” 

जैविक विविधता र विभिन्न संकटापन्न जनवारहरूको संरक्षण क्षेत्रको रूपमा रहेको वन्यजन्तु आरक्षभित्र यसरी बाहिरबाट जनावर लैजान नपाइने यादवले बताए । तराई मधेस क्षेत्रमा त्रिशूल डामेर साँढे छाडिदिने सांस्कृतिक चलन छ । बाच्छी भने दूध दिने भएकोले पाल्ने गरिन्छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय