site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंक तथा वित्तीय संस्थाप्रति अफवाह फैलाउनेलाई तत्काल हतकडी लगाउनुपर्छ : पदम गिरी
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक तथा सांसद पदम गिरीले बैंक तथा वित्तीय क्षेत्रको बारेमा अफवाह फैलाउनेहरूलाई तत्काल कारबाही गर्नुपर्ने बताएका छन् । 

आइतबार अर्थ समितिको बैठकमा उनले बैंक तथा वित्तीय क्षेत्रलाई असर पार्नेगरी अफवाह फैलाउने बढेको भन्दै त्यस्तालाई कडा कारबाही गर्नुपर्ने बताए । “समस्या सहकारी, माइक्रोफाइनान्स हुँदै बैंकतर्फ आयो । अहिलेको सरकार गैरजिम्मेवार भएर यस्तो अवस्था सृजना भएको हो,” उनले भने, “बैंकहरूप्रति अपवाह फैलाउनेहरूलाई तत्काल हतकडी लगाएर कानुनको दायरामा ल्याउनुपर्छ । त्यस्ता व्यक्तिलाई उन्मुक्ति दिनु हुँदैन ।”

Dabur Nepal
NIC Asia

त्यस्तै, बैंकका कर्मचारीलाई पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै यो गलत भएको बताए । राष्ट्र बैंकको सल्लाहमा सरकारले बैंकका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले बैंकहरू पनि आफ्नो व्यावसायिक प्रक्रियामा चुक्ने गरेको पनि बताए । एउटैले बैंकको कर्जा प्रयोग गर्ने प्रवृत्ति भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro