site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवा, ओली र दाहालबीच टीआरसी विधेयक अघि बढाउने सहमति 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अघि बढाउने सहमति भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छुट्टाछुट्टै गरेको छलफलमा सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“कानुन समितिमा केही विषयमा उच्च तहका नेतासँग बस्ने र टुंग्याउने कुरा भएको थियो । यसमा पीडितमैत्री बनाउने र एमालेले उठाएको विषय समेटेर भाषा मिलाएर अघि बढाऔँ भन्ने सहमति भएको हो,” आचार्यले बाह्रखरीसित भने, “सम्बोधन गनुपर्ने विषय समेटर अघि बढाउने सहमति भएको हो ।”

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि नेताहरूबीच छलफल भएको हो ।

आचार्यका अनुसार, यस विषयमा शनिबार प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेसँग पनि छलफल गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्