site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खाद्यपूरक सामग्रीको सिफारिस र प्रयोग बन्द गर्दै ठूला अस्पताल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख अस्पतालहरूले खाद्यपूरक सामग्रीहरू (डायटरी सप्लिमेन्ट्स र न्युट्रास्युटिकल)को सिफारिस तथा प्रयोगमा कडाइ गर्न थालेका छन् । 

राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पताल चितवनले आफ्ना चिकित्सकहरूलाई खाद्यपूरक सामग्रीको सिफारिस नगर्न निर्देशन दिएका छन् । ट्रमा सेन्टरले अत्यावश्यक बाहेकका अवस्थामा यस्ता सामग्री बिरामीलाई सिफारिस नगर्न निर्देशन दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

औषधि व्यवस्था विभागमा दर्ता भएका र स्वीकृत खाद्यपूरक सामग्री मात्रै सिफारिस गर्न ट्रमा सेन्टरको निर्देशन छ । निर्देशन पालना नगर्र्नेे चिकित्सकलाई कारबाहीका निम्ति सिफारिस गरिने पनि सेन्टरको चेतावनी छ । 

भरतपुर अस्पतालले पनि विभागमा दर्ता नभएका खाद्यपूरक सामग्री सिफारिस नगर्न आफ्ना चिकित्सकहरूलाई  निर्देशन दिएको छ । निर्देशन अवज्ञा गरेको पाइए कारबाही हुने अस्पतालले प्रष्ट पारेको छ । 

Global Ime bank

पछिल्लो समय विभागमा दर्ता नभएका खाद्यपूरक सामग्री औषधि पसलहरूबाट बिक्री वितरण बढेको छ । भिटामिन, सप्लिमेन्ट फुड तथा विभिन्न बहानामा चिकित्सकको बिनासल्लाह यस्ता सामग्रीको प्रयोग बढेपछि विभागले कडाइ गरेको हो । 

trauma-1709275499.jpg

bharatpur-1709275499.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement