site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्व चुहावट मुद्दामा कैद र १२ करोड जरिवाना तोकिएका दुईजना पक्राउ 

काठमाडौं । राजस्व चुहावट मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ का कुमारी गुरुङ र पर्साको वीरगन्ज महानगरपालिका–८ का प्रदीपकुमार गुप्तालाई पक्राउ गरेको हो ।

पक्राउ परेकी गुरुङ न्यु समीक्षा सप्लायर्सको प्रोप्राइटर र गुप्ता समीक्षा सप्लायर्सका बैंक खाता सञ्चालक रहेको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनीहरूलाई एक वर्ष कैद सजाय र जनही १२ करोड १० लाख ३६ हजार ५३० रुपैयाँ जरिवाना तोकेको छ ।

उनीहरूले एकापसमा मिलोमतो गरी मालवस्तु खरिद–बिक्री नगरी नक्कली कर बिजक बनाएर आम्दानीमा कानुनबमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेको खुलेको थियो । दुवैजनालाई सीआईबीको टोलीले बुधबार चितवनबाट पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro