site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं । झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बाह्रदर्शी गाउँपालिका–६ स्थितमा करेन्ट लाग्दा स्थानीय २८ वर्षीय बुद्धराज लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । 

मंगलबार दिउँसो खेतमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्