site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१० बैंकर्समाथि अनुसन्धानका लागि सात दिनको म्याद थप
प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं ।

काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । 

हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थप गरेको हो । बैंकिङ कसुरमा संलग्न भएको आरोपमा १० बैंकर्स मंगलबार पक्राउ परेका हुन् ।

सेन्चुरी कमर्सियल बैंकबाट कर्जा लिने रवीन्द्र चौलागाईं हाल पुर्पक्षका लागि थुनामा छन् । उनीसमेत आवद्ध कम्पनीहरू पुजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रा.लि., थ्री ब्रदर्स मार्केटिङ प्रा.लि., पुजा मार्केटिङ प्रा.लि. र अन्नपूर्ण डिष्टिलरी प्रा.लि. समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षणबापत राखिने धितोको मूल्यांकन कम गरेर बढी ऋण प्रवाह गरेको भन्दै बैंकर्सलाई पक्राउ गरेको थियो ।

एक अर्ब १४ करोड २३ लाख रुपैयाँको धितोबापत दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको हो । सीआईबीले यस घटनामा संलग्न भएको पाएपछि प्रभु बैंकका सिनियर डेपुटी सीईओ न्यौपानेसहित सेन्चुरीका तुलसीराम गौतम, सविन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ पक्राउ परेको थियो । प्रभु बैंकले सेन्चुरीलाई प्राप्त गरेपछि यी सबै प्रभु बैंकमा आएका थिए ।

मनोज, दिपेश र राजेश प्रभु बैंकमा उच्च तहमा कार्यरत छन् । तुलसीराम सेन्चुरी बैंकका पूर्वसीईओ हुन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro