देश
काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिसकुमार देवलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. सतिस त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का सहप्राध्यापक हुन् ।
काउन्सिलमा यसअघिका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीको कार्यकाल गएको पुस ७ गते सकिएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १८:०५
प्रतिक्रिया दिनुहोस्