site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकिङ क्षेत्र समस्यामा पर्दा सरकारले सहयोग गरेन : अध्यक्ष केसी
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू सडकबाट नै चल्ने अवस्था आएको गुनासो गरे । उनले नेपाली बैंकहरूमा कुनै पनि समस्यामा नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरे ।

“बैंकिङ उद्योगमा पछिल्लो समय अफ्ठ्यारो अवस्था छ । बैंकिङ उद्योगको बारेमा सडकबाट धेरै कुराहरु हुने । बैंकहरुको सुरक्षामा पनि समस्या परिरहेको छ । सडक आन्दोलन र दबाबमा बैंकको ऋण नतिर्ने भन्ने अझ लघुवित्तमा धेरै भएको छ,” उनले भने, “बैंक वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन सकेका छैनौँ । अझ बीचमा बैंकहरू सबै डुब्न थाले, खत्तम हुन थाले भन्ने हल्ला भइरहेको छ । तर बैंकहरू अहिलेको अवस्थामा सबै पारदर्शी र सबल छन् । तथ्यांकका आधारमा कुनै पनि बैंक डुब्ने अवस्थामा छैनन् ।”

अहिले विश्वका विकसित मुलुकको समेत अवस्था हेर्दा मुख्य सूचकहरूमा बैंकको कर्जाको ब्याजदर घट्न खोजेको बताए । पछिल्लो समय बैंकहरूको खराब कर्जा भने बढेको बताए । “३.४० प्रतिशत एनपीएल छ । नेट एनपीएल १.४० छ । बाहिरबाट हेर्दा खराब कर्जाको अफ्ठ्यारो अवस्था देखिए पनि धेरै ठूलो अफ्ठ्यारो नपरेको अवस्था छ,” उनले भने, “अफ्ठ्यारो अवस्था भए पनि बचतकर्तालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा काम गरिरहेका छौँ ।”

उनले सरकारको पुँजीगत खर्च बढ्न नसक्दा सबैतिर समस्या उत्पन्न भएको बताए । उनले रेमिट्यान्स बढ्दै गइरहेको बताए । वैदेशिक मुद्रा सञ्चिति बढ्नु राम्रो भए पनि यसको प्रयोग गर्न नभएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro