site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वाेत्तम सिमेन्टको आईपीओ खरिद गर्न दुई दिनमै चार लाखभन्दा बढीको आवेदन
Tiktok banner adTiktok banner ad

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको आईपीओमा आवेदन खुलेको दुई दिनमै चार लाख सात हजार ७११ जनाले आवेदन दिएका छन् । 

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार आइतबारबाट खुलेको आईपीओमा सोमबार साँझ पाँच बजेर सात मिनेट जाँदासम्म यो आवेदन परेको हो ।

कम्पनीले आवेदन खुलाएको सेयरभन्दा आठ गुणा आवेदन परेको सीडीएससीको तथ्यांकमा छ । कम्पनीको आईपीओ भर्नका लागि कम्तीमा १८ हजार ४५ रुपैयाँ रकम आवश्यक पर्छ । यो कम्पनीले बुक बिल्डिङ विधिबाट पहिलोपटक आईपीओ निष्कासन गरेको हो । यो विधिअनुसार न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ । प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने यो कम्पनीको आईपीओमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कम्पनीको आईपीओ दुई करोड २२ लाख २३० कित्ता आठ अर्ब एक करोड २० लाख ६३ हजार सात रुपैयाँमा माग भएको छ । तर, कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको हो । यो कम्पनीको आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro