site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् महासचिवमाथि छानबिन गरी कारबाही गर्न एमाले सचेतक बर्तौलाको चुनौती
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसद् महासचिवमाथि छानबिन गरी कारबाही गर्न चुनौती दिएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसद्को महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गरे । शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसद्को महासचिवको तीन वटा नागरिकता र दुई वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गरेका थिए । 

Dabur Nepal
NIC Asia

सांसद सापकोटालाई जवाफ फर्काउँदै सचेतक बर्तौलाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै छानबिन गरेर कारबाही गर्न चुनौती दिए । उनले आगामी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विवादित मन्त्रीहरूलाई बर्खास्त गरेको जवाफसहित संसद्मा सम्बोधन गर्न आउन माग समेत गरे ।

उनले भने, "संसद्ले बनाएको तालिकाबमोजिम फागुन १३ र १४ गते हाम्रो बैठक छ । उपयुक्त समय छान्ने सुविधा सरकारका प्रधानमन्त्रीज्यूलाई रह्यो । सरकारका प्रधानमन्त्रीलाई आगामी बैठकमा उपस्थित भएर प्रतिपक्षी बेञ्चबाट उठाइएका यी सरोकारका विषयमा सम्बोधन गर्न म माग गर्न चाहन्छु ।" 

उनले सरकार प्रतिनिधिसभाबाट भागिरहेको उल्लेख गर्दै नाकमा नत्थी लाएर संसदमा ल्याउने तागत एमालेसँग रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro