site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकद्धारा भिडियो केवाईसी सेवाको शुभारम्भ 

काठमाडौंं । माछापुच्छ्रे बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् । 

भिडियो केवाईसीमार्फत खाता खोल्दा ग्राहक केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु नपर्ने बताइएको छ ।

यो सेवाबाट देशभित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घन्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नेछन् ।  

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिनेछ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ । जसमा भिडियो केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नुपर्ने झन्झट हटेको बैंकले जानकारी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro