site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा २२ जना छुटेको भनिएको विषय के हो ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बिहीबार सांसद मुक्ताकुमारी यादवले नेपाल मेडिकल काउन्सिलको पछिल्लो लाइसेन्स परीक्षामा '२२ जना परीक्षार्थी छुटेको' दाबीसहित प्रश्न उठाइन् । काउन्सिलले परीक्षाको मिति अगाडि सारेकै कारण विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको तर्क थियो ।

“बाइस जना विद्यार्थीलाई लाइसेन्स परीक्षाबाट वञ्चित गरिएको छ । कुनै पनि परीक्षाको मिति सार्नुपर्दा अगाडि सारिन्छ । पश्चात्‌दर्शी कानुन बनाउन पाइन्छ ?,” सांसद यादवको प्रश्न थियो ।

सांसद यादवको तर्कलाई नेपाल मेडिकल काउन्सिलले भने गलत भनेको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा. विश्वराज दवाडीले परीक्षामा २२ जना छुटेको नभई ‘अनुपस्थित भएको’ बताए ।

Dabur Nepal
NIC Asia

“परीक्षामा आवेदन दिएका २१ जना अनुपस्थित भएका हुन्, एकजनाले पछिल्लो सूचना नहेरेको बताएका थिए, कुनै परीक्षार्थी छुटेका होइनन्,” उनले बाह्रखरीसित भने ।

भएको के थियो ?

काउन्सिलको नियमित परीक्षा तालिका अनुसार स्नातक तह मेडिकल र डेन्डलर्फ चिकित्सक दर्ता (६८औँ लाइसेन्स) को परीक्षा मिति माघ १७ देखि १९ गतेलाई तय गरेको थियो ।

परीक्षा आवेदनका लागि पुस २ देखि माघ ४ गतेसम्म अनलाइन फर्म खुला गरिएको थियो । परीक्षार्थीको संख्या धेरै भएको कारण खुलाउँदै काउन्सिलले माघ १० गते परीक्षाको दिन थपिएको सूचना जारी गर्‍यो ।

nmc-1708598654.jpg
 

माघ १७ गतेदेखि हुने भनिएको परीक्षा एक दिन अगाडि १६ गतेदेखि नै सञ्चालन गर्ने निर्णय काउन्सिलको माघ ५ गतेको पूर्ण बैठकले गरेको थियो ।

सो सूचना अहिले पनि काउन्सिलको आधिकारिक फेसबुकमा देख्न सकिन्छ । सूचनाअनुरूप माघ १६ देखि १९ सम्म सात सिफ्टमा परीक्षा भएको थियो । परीक्षामा मेडिकल र डेन्डल दुवै गरी  दुई हजार २२ जना सहभागी भएको र एक हजार १४६ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । 

आवेदन दिएकामध्ये २२ जना परीक्षामा उपस्थित नभएको र एक जनाले भने आफूले परीक्षा मिति थपेको थाहा नपाएको भनी माघ १८ गते सम्पर्कमा आएको निमित्त रजिस्ट्रार डा. दवाडीले बाताए । 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro