site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिनु हुँदैन : शाही
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले ललितानिवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा निजी बनाइएको बताए । निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने उनको भनाइ छ । निर्णय गर्नेलाई उन्मुक्ति दिएर ब्ल्याकमेलिङका लागि व्यापारीलाई पक्राउ गरिएको उनले बताए । 

Dabur Nepal
NIC Asia

यस्तो निर्णय कानुनी राज्यमा हुन नसक्ने उनको तर्क छ । शाहीले प्रधानमन्त्रीले फागुन ६ गते संसद्‌मा बोल्ने क्रममा बालकुमारी घटनालाई हत्याको घटना भनेर बोलेको भन्दै हत्या भएको भए गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई जेल हाल्नुपर्ने बताए ।

उनले भने, "फागुन ६ गते प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमअन्तर्गत एउटा शब्द उच्चारण गर्नुभयो । बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारीको घटना यदि हत्या हो भने हत्यारा आदेश दिन गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीका डीएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ? यदि हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्रीजस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन ।" 

उनले प्रधानमन्त्री र मन्त्रीहरूमा कुनै भिजन नभएको भन्दै राजीनामा दिएर घर बस्न सुझाव दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro