site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा पुलमा पानीजहाज ठोक्कियो

काठमाडौं । दक्षिणी चिनियाँ सहर ग्वाङझाउमा बिहीबार मालवाहक पानीजहाज पुलमा ठोक्किएको छ । जहाज पुलमा ठोक्किएपछि बससहित पाँच गाडी नदीमा खसेको जनाइएको छ ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । तीनजना बेपत्ता छन् ।

चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेका तस्बिरमा पुलको एक हिस्सा भाँचिएको देखिन्छ । जहाज त्यसको मुनि फसेको देखिन्छ । जहाजमा सामान भने छैन ।

घटना स्थानीय समयानुसार बिहीबार बिहान साढे ५ बजे भएको हो । जहाजका क्याप्टेनलाई हिरासतमा लिइएको र त्यसमा सवार यात्रुलाई बाहिर निकालिएको बेइजिङ न्युजले जनाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro