site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सात महिनामा व्यापार घाटा आठ खर्ब ११ अर्ब, निर्यात सात प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ नाघेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सात महिनामा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । यो अवधिमा नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ ।

Dabur Nepal
NIC Asia

गत वर्षको तुलनामा यस वर्ष आयात २.३१ प्रतिशतले घट्दा व्यापार घाटा पनि केही कम देखिएको छ ।

यस वर्ष नेपालले सात महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा गरेको निर्यात ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी थियो । निर्यातमा यस वर्ष ७.०७ प्रतिशतको गिरावट देखिएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको सात (साउन–माघ) महिनासम्मको वैदेशिक व्यापारको विवरणानुसार यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ । गत वर्षको यसै अवधिमा नेपालको वैदेशिक व्यापार १० खर्ब १२ अर्ब रुपैयाँभन्दा बढीको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro