site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा श्रीमती र दुई बालिकाको हत्यापछि ससुरालाई फोन गरेर राजुले गरे आत्महत्या !

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ ।

सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी पूर्णिमा कुमारी चन्दले  श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजुलाई फेला परेको जानकारी दिइन् ।

“बिहान साढे ७ बजेको घटना रहेछ,” अनुसन्धानमा खटिएका एक प्रहरीले घटनास्थलमा भने, “एउटा आफ्नै छोरी र अर्को नातिनीको हत्या गरेछन् ।” उनका अनुसार राजुका दुई जना छोराहरु छन् । 

Global Ime bank

“बिहान ८ बजेतिर सासु रुकमाया श्रेष्ठ र ससुरा इन्द्रजितलाई फोन गरेर मैले तपाईंको छोरीलाई मारिसकेँ, घरमा गएर हेर्नुहोस् भनेका रहेछन्,” ती प्रहरी अधिकारीले भने, “फोनमा अब म पनि मर्छु भनेपछि ससुरालीले नै पहिले प्रहरीमा खबर गरेका रहेछन् ।”

उनीहरु भाडाको घरमा बस्दै आएका थिए । आफन्तले दिएको जानकारीअनुसार घरमा त्यस्तो झैझगडा गरेको पनि जानकारी पाइएको थिएन । राजुले मादक पदार्थ पनि सेवन नगर्ने हुँदा के कारणले हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म शव उठाइएको छैन ।  बद्रीप्रसाद बजगाइँको घरमा उनको परिवार भाडामा बस्दै आएको पाइएको छ । 

अपडेट गरिएको*
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu