site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिरियाविरुद्ध नेपाली महिला टिम ४–१ ले विजयी

काठमाडौं । वेस्ट एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध ४–१ को जित निकालेको छ ।

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलको पहिलो हाफमा नेपालका अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे ।

Dabur Nepal
NIC Asia

खेलको १०औँ मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । १२औँ मिनेटमा नेपालकी अनिता बस्नेतले अग्रता दोब्बर बनाइन् । नेपालले पाएको कर्नरमा अनिताले सोझै गोल गरेकी थिइन् ।

१९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रतालाई ३–० मा पुर्‍याइन् । मिडफिल्डबाट प्रिती राईले निकालेको लामो बल अमिशा कार्कीले नियन्त्रणमा राख्दै अघि बढाएकी थिइन् । अमिशाको पहिलो प्रहार सिरियाका गोलकिपरले बचाएकी थिइन् । सोही रिबाउन्डमा अमिषा बक्सभित्र नै रहेकी सावित्रालाई निकालेको बलमा उनले कुनै गल्ती नगरी नेपालको अग्रता अझ फराकिलो बनाइन् ।

४३औँ मिनेटमा सिरियाकी कप्तान एल्हाम कोर्ड ओघियाले गोल गर्दै आफ्नो टिमलाई ३–१ को अवस्थामा ल्याइन् ।

पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । ६९औँ मिनेटमा नेपालकी रेखा पौडेलले टिमका लागि चौथो गोल गरिन् ।

पश्चिम एसियाका राष्ट्रहरुबीच हुने प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । नेपालले बिहीबार इराकसँग र शनिबार प्यालेस्टाइनसँग खेल्ने छ । साउदी अरेबियामा जारी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै प्यालेस्टाइन, इराक र सिरिया छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro