site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीटीईभीटीका उपाध्यक्षलाई मोसो दल्न खोज्ने समूहले मागेको थियो चार लाख !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीमाथि चन्दा नदिएकै कारण आइतबार दुर्व्यवहार भएको खुलेको छ । घटनामा संलग्न समूहले डेढ महिना अघिदेखि अधिकारीसँग पैसाको बार्गेनिङ गरेको थियो ।

मोहन वैद्यनिकट अनेरास्ववियू क्रान्तिकारी समूहका विद्यार्थी बताउने उनीहरूले आफूलाई चार लाख रुपैयाँसम्म सहयोग गर्नुपर्ने भन्दै डेढ महिनाअघि भेटेको र पटकपटक फोनमा बार्गेनिङ गरेको अधिकारीले बाह्रखरीसित बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबारको घटनामा संलग्न ६ जनाविरुद्ध उपाध्यक्ष अधिकारीले सानोठिमी प्रहरी वृत्त भक्तपुरमा किटानी जाहेरी दिएका छन् । हाल फरार ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो तीन महिनायता देशका विभिन्न स्थानमा सरकारी अधिकारीहरूलाई मोसो दल्ने र दुर्व्यवहार गर्ने घटनामा एउटै गिरोह सक्रिय रहेको आशंकामा अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरका डीएसपी वसन्त पाठकले बताए ।

आइतबार बिहान सीटीईभीटीस्थित आफ्नो कार्यकक्षमा भएको घटनाबारे उपाध्यक्ष अधिकारीले बाह्रखरीसित गरेको कुराकानीको संक्षिप्त अंश :

Global Ime bank
आइतबार बिहान कार्यलय समय सुरु भएसँगै मेरा केही भेटघाटका सेड्युल थिए । त्यसैमध्ये डेढ महिनाअघिदेखि सम्पर्कमा आएको एक विद्यार्थी समूहले समय मागेपछि मैले फस्ट आवरमा नै उनीहरूलाई समय दिएको थिएँ । 
मेरो कार्यकक्षमा ६ जना प्रवेश गरे, सुरुमा सामान्य ढंगले प्रस्तुत भएका उनीहरू दुई–चार कुरा नगर्दै होहल्ला र दुर्व्यवहारमा उत्रिए । मोसो बोकेर आएका उनीहरूले मलाई दल्ने प्रयास गर्दा ठुलै घम्साघम्सी पर्‍यो, तर मोसो दल्न पाएनन् । 
तत्कालै कार्यालयका कर्मचारी र सेक्युरिटीको सहयोगमा उनीहरूलाई कार्यकक्ष बाहिर निकालियो । प्रहरीलाई खबर गर्न नपाउँदै उनीहरू त्यहाँबाट भागे ।
दुर्व्यवहारमा उत्रिएका चार जनालाई मैले प्रस्ट चिन्दछु, दुईजनलाई पनि सीसीटीभी फुटेजका आधारमा ठम्याउन सकिन्छ । मैले आइतबार नै सानोठिमी प्रहरी वृत्तमा ६ जनाविरुद्ध किटानी जाहेरी दिएको छु ।
आफूलाई क्रान्तिकारी विद्यार्थी संगठनका भन्ने उनीहरू कुन क्याम्पसका र कुन संगठनमा आबद्ध हुन् भन्ने मलाई थाहा छैन । डेढ महिनाअघि भेटेर दुईचार लाख रुपैयाँ सहयोग गर्नुपर्छ भनेका थिए । यसबीचमा उनीहरूले पटकपटक फोन गरेर बार्गेनिङ गरेका थिए । मैले विद्यार्थीकै लागि हो भने व्यक्तिगत तर्फबाट थोरै सहयोग गर्छु भन्दा उनीहरूले डेढ लाख रुपैयाँ दिनैपर्छ भनेर दबाब दिन्थे, जुन मेरो तहबाट हुन सक्ने कुरै थिएन ।
पछिल्लोपटक धेरै दबाब आएपछि मैले भेटेरै कुरा गर्ने निर्णय गरेँ । आइतबारको भेट त्यसैका लागि थियो, तर उनीहरू सुरुदेखि नै फोन नउठाउने, यस्तो त्यस्तो भन्दै गालीगलौजमा उत्रिए ।
उनीहरूले मेरो काम कर्तव्यलाई लिएर लगाएका आरोप सबै आफ्नो कर्तुत ढाकछोप गर्न लगाइएका फैलाएका अफवाह हुन्, म ती सबै आरोपविरुद्ध कानुनी लडाइँ लड्न तयार छु । 
पछिल्लो समय विभिन्न पदका व्यक्तिमाथि मोसो दल्दै हिँड्ने, पैसा माग्ने, थर्काउने, पार्टीको नाम जोड्ने समूह नै सक्रिय रहेको सुनेको छु । यस्ता अराजक गतिविधि गर्ने समूहमाथि राज्यले कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement