विदेश
काठमाडौं । गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २८ हजार ९८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गएको अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनी घाइते भएका जनाइएको छ ।
इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको हत्या गरेको र २०५ जना घाइते भएका मन्त्रालयले जनाएको छ ।
बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडित भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० १२:३१
प्रतिक्रिया दिनुहोस्