site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जुटेन सहमति, उद्घाटनपछि फेरि छलफल : थापाले दुई प्रतिवेदन प्रस्तुत गर्ने सम्भावना
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका निम्ति महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले अझै चित्त बुझाएका छन् । महामन्त्री थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय प्रतिवेदनमा लेखेका छन् ।

सभापति देउवासहित उनको टिममा रहेका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतलगायत नेताले सो विषयमा असन्तुष्टि जनाएका हुन् । सहमति जुटाएर प्रतिवेदन अघि बढाउन सोमबार बिहान बूढानीलकण्ठस्थित देउवाको निवासमा बैठक बसेको थियो । बैठकमा सहमति जुटेन ।

Prabhu Bank
Agni Group
NIC Asia

“सहमति अझै जुटेको छैन । दुवैतिर टसको मस हुने अवस्था छैन,” स्रोतले बाह्रखरीसित भन्यो ।

सहमति नजुटेपछि छलफलबाट नेताहरू उठेका छन् । महासमिति बैठक सोमबारै दिउँसो १ बजे उद्घाटन गर्ने र त्यसपछि पुनः बैठक बसेर विषय टुंगो लगाउने भन्दै नेताहरू उठेका हुन् ।

Global Ime bank

“सभापतिले उद्घाटन गर्नुहुन्छ । उपसभापतिले स्वागत मन्तव्य राख्नुहुन्छ । त्यसपश्चात् आजको बैठक सकिन्छ र पुनः छलफल सुरु हुन्छ,” स्रोतले भन्यो ।

प्रतिवेदनमा सहमति नजुट्दा छपाइ कार्यमा ढिलाइ भएको छ । दुवै पक्ष एकार्कालाई गलाउन लागिपरेका छन् ।

सहमति नभए महामन्त्री थापाले दुई प्रतिवेदन प्रस्तुत गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । “कुरा नमिले दुईवटा प्रतिवेदन जान्छ,” स्रोतले भन्यो ।

कांग्रेस महासमिति बैठक आजदेखि ललितपुरको गोदवारीस्थित सम्मेलन केन्द्रमा सुरु हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement