site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बायर्न लगातार तेस्रो खेलमा पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले यो सिजन सबैखाले प्रतियोगितामा गरी लगातार तेस्रो खेलमा हार व्यहोरेको छ । लगातार तेस्रो हार व्यहोर्ने क्रममा आइतबार राति बुन्डेसलिगाअन्तर्गतको खेलमा बायर्न भीएफएल बोचुमसँग ३–२ ले पराजित भएको हो ।

जमल मुसियालाको गोलमा बायर्नले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । मुसियालाले १४औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रतामा राखेका थिए ।

Dabur Nepal
NIC Asia

३८औँ मिनेटमा टाकुमा असानोले गोल गर्दै बोचुमलाई खेलमा फर्काएका थिए । ४४औँ मिनेटमा केभेन स्कल्टरबेकले गोल गरेपछि बोचुमले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

७८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै केभिन स्टोगरले बोचुमको अग्रतालाई ३–१ को स्थितिमा पु¥याए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा ह्यारी केनले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन् ।

त्यसअघि, ७६औँ मिनेटमा डायोट उमामेकानोले रातो कार्डको दर्शन गरेपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।

जारी सिजन खराब लयमा रहेको बायर्नको यो लगातार तेस्रो हार हो । बायर्नले यसअघि बुन्डेसलिगामा बायर्न लेभरकुजेनसँग ३–० र च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा लाजियोसँग १–० को हार व्यहोरेको थियो ।

घरेलु लिगमा २२ खेलबाट ५० अंकसहित बायर्न तालिकाको दोस्रो स्थानमा छ । बायर्न शीर्ष स्थानको लेभरकुजेनभन्दा आठ अंकले पछाडि छ । समान खेलबाट लेभरकुजेनले ५८ अंक जोडेको छ । समान खेलबाट २५ अंकको बोचुम ११औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro