site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ललितानिवास जग्गा प्रकरण : अदालतको फैसलाप्रति राप्रपा नेपालको असहमति
कमल थापा । फाइल तस्बिर ।

काठमाडौं । राप्रपा नेपालले काठमाडौंको बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा अदालतको फैसलाप्रति असहमति जनाएको छ ।

यही फागुन ३ गते विशेष अदालतले सो प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको थियो । राप्रपाले ‘नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसला’प्रति असहमति प्रकट गरेको हो ।

Argakhachi Cement Island Ad

शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विभिन्न पाँच निर्णय गरिएको छ । निर्णय नम्बर–५ को अन्तिम वाक्यमा उल्लेख छ, “ललितानिवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसलाप्रति राप्रपा नेपाल असहमति प्रकट गर्दछ ।”

यस्तै, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको बैठकबाट निष्कर्ष निकालिएको छ । जनता विकल्पको खोजीमा रहेको राप्रपाको ठहर छ ।

अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्र परिमार्जनसहित बैठकबाट पारित गरिएको पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

df-1708169838.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्