site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सर्वाेत्तम सिमेन्टको आईपीओमा फागुन १३ देखि आवेदन दिन सकिने

काठमाडौं । यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले अब निष्कासन हुन लागेको सर्वाेत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न नपाइने भएको छ । कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा फागुन १३ गतेबाट आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । यो अनिवार्य हो । ५० कित्ताभन्दा कम सेयरमा आवेदन दिन पाइने छैन ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ ।

Dabur Nepal
NIC Asia

कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता सेयरमा आवेदन दिन सकिनेछ । आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुल्ला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सीडीएस एन्ड क्लिरिङको वेबसाइट मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro