site stats
बाह्रखरी :: Baahrakhari
देश
नुवाकोटमा करेन्ट लागेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

बेलकोटगढी नगरपालिका–५, केउरेनीका २४ वर्षीय प्रदिप राईको मृत्यु भएको हो । सोमबार कुखुरालाई दानापानी दिने क्रममा खोरमा रहेको बिजुलीको तारमा छोइदा राई घाइते भएका थिए ।

उपचारका लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्