site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘तेल भिसा’का लागि अडिसन आह्वान 

काठमाडौं ।  चलचित्र ‘तेल भिसा’का लागि अडिसन आह्वान गरिएको छ । विपीन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङलगायत कलाकारलाई लिएर बनाउन लागिएको चलचित्र तेल भिसाको लागि कलाकारहरूको अडिसन आह्वान गरिएको हो । 

शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्यान्ड राज्यबाट छायांकनमा जाने यस चलचित्रमा मुख्य कलाकारको लाइन अप सकिए पनि अमेरिकातर्फको सिनका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो । 

Dabur Nepal
NIC Asia

अडिसनमा विभिन्न उमेर समूहका अमेरिकनसहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियनसहित फरक फरक वर्ण देखिने नेपालीसहित विदेशी मूलका महिला र पुरुष दुवैले अडिसनमा सहभागिता जनाउन सक्नेछन् । 

अडिसनमा सहभागिता जनाउन अमेरिकामै बसोबास गरिरहेका ब्यक्ति हुनु पर्नेछ । 

‘तेल भिसा’को ७० प्रतिशत छायांकन अमेरिकाको मेरिल्यान्ड, भर्जिनिया, न्युयोर्क, वासिङटन डिसीसहित विभिन्न लोकेसनमा हुनेछ । बाँकी ३० प्रतिशत नेपालमा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro