site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा करोबार भएको छ ।

चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्