site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फुटबल खेलिरहेका बेला चट्याङ लागेर खेलाडीको मृत्यु

काठमाडौं । इन्डोनेसियामा रंगशालामा चट्याङ लागेर एक फुटबल खेलाडीको मृत्यु भएको छ । फुटबल मैदानको क्यामेरामा खिचिएको भिडियोमा चट्याङ लाग्नेबित्तिकै खेलाडी ढलेको देखिन्छ ।

इन्डोनेसियाको सुबाङ क्षेत्रका ३७ वर्षीय सेप्टेन राहर्जा मैदानमा ढलेसँगै टिमका अरू खेलाडी उनीतर्फ गएको भिडियोमा देखिन्छ ।

बान्डुङस्थित सिलिवांगी रंगशालामा शनिबार खेलका क्रममा घटना घटेको हो । त्यति बेला टु एफएलओ एफसी बान्डुङ र एफबीआई सुबाङबीच खेल भइरहेको थियो ।

स्थानीय सञ्चारमाध्यम पीआरएफएमका अनुसार, चट्याङ लागेपछि पनि उनी सास फेरिरहेका थिए । स्थानीय अस्पतालमा लगिएको केही समयपछि उनको मृत्यु भएको बताइएको छ ।

पछिल्लो १२ महिनामा इन्डोनेसियामा चट्याङ लागेर फुटबलरको मृत्यु भएको यो दोस्रो घटना हो । सन् २०२३ मा पनि साराटिन अन्डर १३ को खेलका क्रममा चट्याङ लागेर एक खेलाडीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro