site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिविमा निमित्त उपकुलपतिले गरेका नियुक्तिबारे समितिले स्पष्टीकरण माग्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति शिवलाल भुसालले गरेका पदाधिकारी नियुक्तिलाई लिएर संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्पष्टीकरण माग्ने भएको छ ।

समितिको सोमबारको बैठकले निमित्त उपकुलपतिको हैसियतले १० जना पदाधिकारी नियुक्त गरेको विषयमा भुसाललाई स्पष्टीकरणका लागि झिकाउने निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भुसालले निमिक्तको क्षेत्राधिकार बाहिर गएर सहायक डिन, तीन विभागीय प्रमुख र ६ क्याम्पस प्रमुख नियुक्त गरेको समितिको ठहर छ । सोमबारको समिति बैठकमा अधिकांश सांसदहरूले भुसालले गरेका पछिल्ला सबै नियुक्ति खारेजी गर्न माग गरेका थिए । 

तर, निमित्तको हैसियतमा उनले हालसम्म सबै कामकाजको विवरण माग गरी समिति बैठकमा भुसाललाई नै झिकाएर स्पष्टीकरण सोध्ने निर्णय समिति सभापति भानुभक्त जोशीले सुनाएका थिए । 

Global Ime bank

समितिले त्रिविको उपकुलपति नियुक्ति प्रक्रियाबारे छलफलका लागि कुलपतिको हैसियतले प्रधानमन्त्री र सहकुलपति रहेका शिक्षामन्त्रीलाई समेत छलफलका लागि बोलाउने निर्णय गरेको छ । 

उपकुलपति पदका लागि छनौटमा परेका १४ उमेदवारमध्ये केहीको योग्यतामाथि प्रश्न उठेपछि समितिले दोस्रो छलफलमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई बोलाउने निर्णय गरेको हो । 

सोमबारको बैठकमा शिक्षामन्त्री काठमाडौं बाहिर रहेको भन्दै शिक्षा राज्यमन्त्री प्रमिला कुमारी र शिक्षासचिव सुरेश अधिकारी मात्रै उपस्थित भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय