site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु : हमास
फाइल तस्बिर ।

 गाजा । गाजापट्टीमा विगतका दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको मृत्यु भएको छ । 

इजरायली सेनाले विगत चार दिनमा गरेका सैन्य आक्रमणका कारण हमासले बन्धक बनाइराखेका दुई व्यक्तिको मृत्यु भएको छ । अन्य आठजना गम्भीर घाइते भएको हमासको सैन्य शाखा कासम ब्रिगेडले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विज्ञप्तिमा भनिएको छ, “‘युद्धरत यस क्षेत्रमा अस्पतालहरूमा औषधि तथा स्वास्थ्यकर्मीको अभाव हुँदा उचित उपचार दिन असम्भव भएका कारण अवस्था अझ खतरनाक बन्दै गएको छ, इजरायलले निरन्तर बमबारी र आक्रमणको कारण यी घाइतेहरूको जीवनको लागि पूर्ण जिम्मेवार रहेको छ ।”

यसैबीच हमासद्वारा सञ्चालित अल अक्सा टिभीले हमासका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै भनेको छ, “गाजाको दक्षिणी सहर रफाहमा इजरायलको कुनै पनि सैन्य कारबाही हुनसक्ने बताएको छ ।”

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आकमिक आक्रमणको बदला लिन इजरायलले गाजापट्टीमा हमासविरुद्ध व्यापक मात्रामा आक्रमण सुरु गरेको थियो । 

हमासको आक्रमणमा इजरायलमा करिब एक हजार २०० मानिसहरू मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार १७६ पुगेको र अन्य ६७ हजार ७८४ जना घाइते भएको जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्