site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई थानीको प्रश्न– देश किर्ते हुनबाट बचाउन तपाईंको खुट्टा किन काम्न थालेको ? 
गृहमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले देश किर्ते हुनबाट रोक्न कसै न कसैले पहल लिनुपर्ने बताएका छन् । उनले यो कार्यमा गृहमन्त्रीले अग्रसरता लिनुपर्ने धारणा राखे ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले अध्यागमन देशको अनुहार भएको टिप्पणी गरे । अध्यागमनले कमजोरी गर्दा देशको इज्जत धुमिल हुने उनले बताए ।

Dabur Nepal
NIC Asia

विमानस्थलमा कर्मचारी र प्रहरी भिडेको र गृहसहित मिलेर विषय टालटुल गरिएको भन्दै उनले यसको स्थायी समाधान के हो ? कि खोज्नै नपर्ने हो ? भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठसित प्रश्न गरे ।

“बैंक, विश्वविद्यालय, स्थानीय तह सबै बागबजारमा छ भने गृह मन्त्रालय पनि बागबजारमै छ भनेर मैले भने के हुन्छ ?,” उनले भने, “गृहमन्त्री थाहा छ, झन्डा हल्लाइरहनुभएको छ । एकपटक भेटेको छु । तपाईंको इज्जत त राम्रै छ । तर, किन खुट्टा कमाएको ? तपाईंको खुट्टा किन काम्न थाल्यो ?”

उनले थपे, “हान्नुस् न, जो जान्छ जाओस् । हामी जान्छौँ भने जाऔँ । तपाईं नै जानुहुन्छ भने जानुहोस् । सभापतिजी हाँस्नुभयो, रवि लामिछानेजी हाँस्नुभयो । बुझेर हाँस्नुभएको हो । म त यहीँ बसेर बुझ्दै छु ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro