site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कतार लगातार दोस्रो पटक एसिया च्याम्पियन

काठमाडौं । अक्रम अफिफको ह्याट्रिकप्रेरित कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ ।

शनिबार राति लुसेल रंगशालामा भएको उपाधि भिडन्तमा जोर्डनलाई ३–१ ले हराउँदै कतार लगातार दोस्रो पटक एसिया च्याम्पियन बनेको हो ।

Dabur Nepal
NIC Asia

खेलको २२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै अफिफले कतारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको जोर्डन दोस्रो हाफमा फर्कियो । अल नाइमतले ६७औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

तर, ७३औँ र खेलको इन्जुरी समयमा अफिफले नै पाएको पेनाल्टी सदुपयोग गर्दै कतारलाई सहज जित दिलाएका हुन् । योसँगै कतार लगातार दुई उपाधि जित्ने पाँचौ टोली बनेको छ । यसअघि पछिल्लो पटक सन् २००४ मा जापानले लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता कतारका अफिफ नै घोषित भएका छन् । यस्तै, कतारका मेसलबर्सम प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro