site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खनिज पदार्थ उत्खननका निम्ति १५६ खानीलाई अनुमति प्रदान
फाइल तस्बिर : रासस ।

काठमाडौं । नेपालमा खनिज पदार्थको उत्खननका निम्ति खानी तथा भूगर्भ विभागले १५६ खानीलाई अनुमति प्रदान गरेको छ । मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी उत्खननका निम्ति ती खानीलाई स्वीकृति प्रदान गरिएको हो ।

विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका १५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेकाले उत्खननका निम्ति अनुमति प्रदान गरिएको उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

मुलुकको आर्थिक विकास र समृद्धिका निम्ति महत्त्वपूर्ण क्षेत्रका रूपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुंगा ९६ खानीलाई उत्खननका लागि अनुमति दिइएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए ।

उनका अनुसार, अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्बल एक, रातोमाटो दुई, फलाम एक, जिंक एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् ।

घिमिरेले पछिल्लो समय चुनढुंगा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिए ।

पछिल्लो समय नेपालमा उत्पादित सिमेन्ट समेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । “नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्त्वपूर्ण कच्चापदार्थ चुनढुंगाको उत्खनन बढेको हो,” उनले भने ।

यस्तै, विभागले अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २१:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro