site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इटहरीमा कर्मचारी र जनप्रतिनिधिका सन्तानले सामुदायिक विद्यालयमा पढ्नैपर्ने

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्यालयहरूमा एउटै पोसाक लगाउने नीति कार्यान्वयन गरेको छ ।

यसैगरी, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले अनिवार्यरूपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने छ । 

अब सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले अलग अलग रंग तथा डिजाइनक पोसाक लगाउन पाउने छैनन् । 

Dabur Nepal
NIC Asia

इटहरीभित्रका सबै विद्यालयमा समान खाले पोसाक लगाउनु पर्ने नियम कार्यान्वयन गरिएको मेयर हेमकर्ण पौडेलले बताए ।

“टाईको सट्टा छात्रहरूले अब भादगाउँले टोपी लगाउनु पर्ने छ,” पौडेलले भने । 

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० विद्यालय छन् । ती विद्यालयहरूमा ६३ हजार ५२६ विद्यार्थी पढ्छन् ।

पोसाकमा एकरूपता कायम गराउन नयाँ शैक्षिक सत्रबाट लागु हुने गरी नयाँ नीति लागु गरिएको मेयर पौडेलको भनाइ छ ।

“पोसाकले नै हाम्रा विद्यार्थी इटहरीका हुन भनेर चिनिने छ । परिचया दिइरहनुपर्दैन,” अब संस्थागत विद्यालयहरूले पोसाक बिक्री गर्न पाउने छैनन् ।

उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्यरूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नीति पनि बनाइएको पौडेलले सुनाए । सामुदायिक विद्यालयहरूमा समेत पठन पाठनको गुणस्तर अत्यन्तै राम्रो भएको पौडेलले दाबी गरे ।

विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरपालिकाले विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णयसमेत गरेको जनाइएको छ । विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरण गर्न रोक लगाएको हो ।

उपमहानगरका अनुसार विद्यालयले आफैँ पुस्तक तथा अन्य स्टेसनरी सामग्री बिक्री वितरण गर्दा अभिभावकले बढी रकम तिर्नुपर्ने अवस्था थियो । केही समयअघि इटहरीका सबै विद्यालयमा उपमहानगरले नै पकाएरै नेपाली मौलिक खाजा खुवाउने नीति कार्यान्वयन गराएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro