site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ : मन्त्री शर्मा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचन प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधिसम्बन्धी कानुनको तयारी गरिरहेको बताएकी छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताएकी हुन् । नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरू पनि अघि बढाउन खोजिरहेको जानकारी दिइन् । 

मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नवीन प्रविधिलाई आत्मसाथ गर्दै आविष्कार र नवप्रवर्द्धनमा जोड दिइन् । रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिका साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानुनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताइन् । 

Global Ime bank

उनले भनिन्, "सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ । साइबर सुरक्षाको कुरा । सूचना र प्रविधिको असाध्यै धेरै महत्त्वपूर्ण कुरा हो । नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको छ । डाटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेका छौँ । कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरू पनि अघि बढाउन खोजिरहेका छौँ ।"

मन्त्री शर्माले नेपालमा सूचना र प्रविधि अघिअघि र देशका कानुन पछिपछि भइरहेको बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय