site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रिजनले लिए ‘डेब्यु’ खेलमै विकेट 

काठमाडौं । क्यानडाविरुद्धको खेलबाट नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका रिजन ढकालले पहिलो खेलमै विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाका नवनित धनिवाललाई रिजनले पभेलियनको दिशा देखाएका हुन् । रिजनले ‘डेब्यु’ खेलको पहिलो ओभरमा नै विकेट लिएका हुन् । उनले २.५ ओभरमा धनिवाललाई आरिफ सेखबाट क्याच गराए ।

Dabur Nepal
NIC Asia

जारी खेलको चार ओभर समाप्त हुँदा क्यानडाले एक विकेट गुमाएर २५ रन बनाएको छ । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro