site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओपनर भुर्तेलको अर्धशतकमा नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालबाट ओपनर भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सातौँ अर्धशतक हो ।

आरिफ सेखले ५० बलमा चार चौकासहित ३८ रन थपे । सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन थपे । 

Global Ime bank

यसबाहेक, ओपनर आसिफ सेख र कप्तान रोहितकुमार पौडेलले समान आठ रन बनाए । ‘डेब्युट्यान्ट’ रिजन ढकाल चार रनमा पभेलियन फर्किदा सूर्य तामाङले १० रन थपे ।

क्यानडाका उदय भगवानले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका उदयले एक मेडन फ्याक्दै ४० रन खर्चिए । साद बिन जफरले दुई विकेट लिँदा इश्वरजोत सोही, साहिद अहमदजाई र हर्ष थाकेरले समान एक विकेट लिए । 

नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृंखलाका लागि क्यानडालाई निम्ताएको हो । आजको खेलपछि नेपालले शनिबार दोस्रो र सोमबार शृंखलाको तेस्रो खेल खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement