site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राक्सिराङमा फैलिएको भाइरल ज्वरो नियन्त्रण, नमूना परीक्षण हुँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका ९ टर्लिङमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आएको छ । ६ दिनअघिदेखि फैलिएको ज्वरो मंगलबारबाट नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत नवदीप सिलवालले जनाकारी दिए । 

दूषित पानीका कारण ज्वरो फैलिएको हुनसक्ने स्वास्थ्य कार्यालयको अनुमान छ । यकिन कारण पहिचान गर्न बिरामीहरूको नमूना हेटौँडा अस्पताल प्रयोगशालामा परीक्षण भइरहेको सिलवालले जानकारी दिए ।
 
मंगलबार साँझसम्म टर्लिङ गाउँका १३० स्थानीयमा भाइरल ज्वरो देखिएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ । ज्वरोका कारण शुक्रबार टर्लिङ ९ का ६० वर्षीय टिकाबहादुर नगरकोटीको मृत्यु भएको थियो ।
 
उनको खैराङ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एउटै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटाएको थियो । 

बिरामी हुनेमा बालबालिकादेखि सबै उमेरका स्थानीय छन् । बिरामीमा ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी तथा छाती दुख्ने लक्षण देखिएका छन् । ज्वरो फैलिएको गाउँ खैराङ स्वास्थ्य चौकीबाट दुई घण्टाको पैदल दूरीमा छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro